सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगको उपाधि सुदूरपश्चिम रोयल्सले जित्ने दाबी

Call24News

काठमाडौं : सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगको उपाधि आफूहरूले जित्ने दाबी गरेका छन्। उनले आफूहरूसँग ब्याट्सम्यान, बलरदेखि अलराउण्डरका क्षमतावान खेलाडी रहेको जिकिर गरे। खेलाडीहरू सबै फर्ममा छन्। यसैले हामीले जित्ने सम्भावना ज्यादा छु, उनले भने।

कर्णालीलाई ६ विकेटले हराएपछि पोस्टम्याचमा बोल्दै ऐरीले खेल हेर्ने आउने दर्शकलाई समेत धन्यवाद दिए। ुहाम्रो खेल हेर्ने आउने सबै दर्शकहरूलाई धन्यवाद। अझै खेल सकिएको छैन। फाइनलसम्म खेल हेर्ने आएर खेलाडीहरूको मनोबल बढाइदिनुहुन्छ भन्ने आशा छु, उनले भने।

प्लेअफमा खेल्ने सबै टोलीहरूसँग आपूले खेलिसकेकाले त्यहीअनुसार योजना बनाएर उपाधि जित्ने उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार