जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले १३९ रनको लक्ष्य १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो

जनकपुरका लागि लाहिरु मिलन्थाले ४५ रन बनाए, उनले ३२ बलमा ८ चौका प्रहार गरे। जेम्स निशमले ४० रन अविजित बनाउँदै टीमलाई जित दिलाए, जबकि आसिफ शेखले ३३ रनको योगदान दिए। पोखराका लागि विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १–१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १३८ रन बनाएको थियो। पोखराका मार्कस क्रिचलेले ३५ र एन्ड्रिज गौसले २० रन बनाएका थिए। माइकल लिस्क २५ रनमा अविजित रहे।

जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले ३ विकेट लिए, जेम्स निशामले २ विकेट लिएका थिए भने मोहम्मद मोहसिनले १ विकेट लिए। यस जितसँगै जनकपुरको यो लगातार तेस्रो जित हो, यो जीतले उनीहरूको मनोबल उच्च राख्न मद्दत पुर्याएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार