हुलाकी राजमार्गमा ठेकेदारको मनपरी, काम नहुँदा योजना नै खारेज हुने डर 

सावित्री जोशी

धनगढी । हुलाकी राजमार्ग बन्न थालेको वर्षौं भयो तर न राजमार्ग बन्यो, न बन्ने छाँटकाँट देखिएको छ । बरु निर्माणको ठेक्का लिएका ठेकेदारहरु काम नसकिंदै भाग्न थालेका छन् । अझ काम किन समयमा सकिएन ? भन्दा ठेकेदारकै कुरा ठुला हुन्छन । अनेक बाहना बनाएर, राज्यमाथि नै दोष थुपारेर पन्छिने बाहेक उनीहरुसंग अर्को विकल्प नै हुँदैन । त्यसैले वर्षौं पहिले बनिसक्नुपर्ने हुलाकी राजमार्ग आजसम्म पनि अस्तव्यस्त छन् ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्द प्रसाद लामिछाने पनि ठेकेदारकै लापरवाहीका कारण हुलाकी राजमार्ग निर्माणको काम समयमा नसकिएको बताउँछन ।         

निर्माणको ठेक्का लिने तर समय काम नसकेपछि विभिन्न बाहना बनाएर दायित्वबाट पन्छिन खोजेकै कारण हुलाकी राजमार्ग समयमा नबनेको लामिछानेको भनाइ छ । ‘हुलाकी राजमार्ग निर्माणको काम समयमा नसकिनुको कारण ठेकेदारको ढिलासुस्ती नै हो’, उनले भने, ‘सुरुमा ठेक्का लिन्छन, समयमा काम नसकिएपछि दायित्वबाट पन्छिन खोज्छन । यही कारण निर्माणकार्यमा ढिलासुस्ती भएको छ ।   

यसरि ठेकेदारले गरेको ढिलासुस्ती र लापरवाहीका कारण आयोजना नै खारेज हुन्छ कि भन्ने डर भएको उनको भनाई छ ।

यस्तै कारणले यसअघि थुप्रै आयोजनाहरु क्यान्सिल भएको स्मरण गर्दै लामिछानेले यही स्थिति रहे र निर्माणमा ठेकेदार कम्पनीले ढिलासुस्ती गरे हुलाकी राजमार्ग निर्माणको योजना नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । 

लामिछानेका अनुसार  निर्माणमा भएको ढिलासुस्तीको विषयमा कार्यालयले पटपटक ठेकेदार कम्पनीलाई पत्र नै पठाएर निर्माण कार्य समयमा सक्न ताकेता गरेको छ । तर केही अटेरी निर्माण व्यवसायीका कारण सम्पुर्ण आयोजनाकै काममा ढिलासुस्ती भएको लामिछानेले बताएका छन् । यहीबीच सबै निर्माण व्यवसायी नराम्रो नहुने भन्दै उनले केही राम्रा निर्माण व्यवसायीको पनि बचाउ गरेका छन् ।

निर्माण र ठेक्कापट्टामा एउटै कम्पनी वा ठेकेदारले धेरै योजनामा हात हाल्दा पनि समस्या देखिएपछि हाल एउटै निर्माण कम्पनीलाई धेरै ठेक्का सम्झौता गर्न नदिएको पनि लामिछानेले बताएका छन् ।

त्यस्तै उनले कि जिम्मा नै नलिनु तर लिइसकेपछी पाएको जिम्मेवारी गुणस्तरीय, भरपर्दो गरि समयमै सक्नुपर्ने बताएका छन् । साथै कुनैपनि आयोजनामा हात हाल्दा आयोजनाको विस्तृत जानकारी, समस्या र सामाधानका विषयमा पूर्वतयारी गर्न पनि आग्रह गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार