डुलिडिलि बेचेको तरकारीले चल्छ कटान परिवारको गुजारा

सावित्री जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाको उर्मा कटानकी बाटुली देवी चौधरी तरकारी बेच्छिन । 

उनी बिहानै टाउकोमा छिटुवा राख्छिन र छिटुवामा तरकारी बोकेर धनगढी बजार पुग्छिन् । विगत थुप्रै वर्षदेखि बाटुलीको दैनिकी यसरि नै बित्ने गरेको छ । 

Seti Hospital

उनीसंगै गाउँका अन्य महिलाहरु पनि टाउकोमा तरकारी बोकेर हरेक दिन बजार जाने गरेको बाटुली बताउँछिन् ।

‘बिहानै ४ बजे उठ्छु, तरकारी तयार गर्छु र टाउकोमा छिटुवा बोकेर हरेक दिन तरकारी बेच्न धनगढी बजार जान्छु’, उनले भनिन, ‘म संगै गाउँका अन्य थुप्रै महिलाहरु पनि तरकारी बेच्न बजार नै जान्छन ।’

गर्मीयाम होस् वा जाडो बाटुलीसंगै उर्मा कटानका महिलाहरुको दैनिकी यसरि नै चल्ने गरेको छ । करिब डेढ घण्टा पैदल हिंडेर बजार पुगेपछि गल्लिगल्लीमा पुगेर तरकारी बेच्ने गरेको बाटुलीले बताएकी छिन् । 

बाटुलीसंगै उर्मा कटानका अन्य महिलाहरु पनि गल्लिगल्लीमा तरकारी बेच्न पुग्छन । उनीहरु दिनभरि तरकारी बेच्छन र साँझ संगै घर फर्किन्छन । दिनहुँ हुने यही दिनचर्याबाट आफ्नो र परिवारको गुजारा चल्दै आएको बाटुलीले बाताएकी छिन ।

‘हाम्रो दैनिकी नै यसैगरी चल्छ, बिहान तरकारी लिएर बजार जान्छौं, गल्लीगल्लीमा पुगेर तरकारी बेच्छौँ र साँझ घर फर्किन्छौँ’, उनले भनिन, ‘यही दैनिकीबाट गुजारा चलेको छ ।’

अहिले बाटुलीका अनुहारमा छाला चाउरिएर मुज्जा देखिन्छन । कपाल पनि सेतै छन् । तर उनमा तरकारी बेच्ने जोस अझै घटेको छैन । यसरी नै दैनिक डेढ घण्टा हिंडेर तरकारी बेच्न थालेको वर्षौं बितिसक्दा पनि तरकारी बेच्न नछोडेकि बाटुली सकुन्जेल यसरी नै तरकारी बेच्ने बताउँछिन ।   

‘उमेर ढल्कनै लागे पनि तरकारी बेच्न जोस गएको छैन ।  दैनिक हिँडेर तरकारी बेचेको कैयौँ वर्ष भइसक्यो । अझै सकुञ्जेल बेच्छु’, उनले भनिन, ‘जे जस्तो भएपनि म यो कामबाट धेरै खुसी छु ।’

त्यसो त यसरि टाउकोमा तरकारी बोकेर बेच्दै हिंड्ने र तरकारी बेचेरै गुजारा चलाउने उनी प्रतिनिधि पात्र हुन् ।  उनीजस्तै धनगढी बजारमा कटानबाट  धेरै  महिला हिँड्दै तरकारी बिक्री गर्न पुग्छन । कहिलेकाहीँ दैनिकी ज्याला पनि ननिस्किने तर बजार मूल्य बढि हुँदा र बढि बिक्रि भएका बेला दिनमै २ हजारसम्म कमाइ हुने गरेको बाटुलीले बताएकी छिन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार