नासिँदै दुनाटपरी, मासिँदै संस्कृति 

सावित्री जोशी

धनगढी । दुना टपरी स्वास्थ्यका लागि मात्र होइन, पर्यावरणका लागि पनि निकै लाभदायक छ । हाम्रा बाउबाजेले स्टिल र कांसका थाल वा भाँडा नहुँदा टपरी खुँटेर त्यही टपरीमा खाना खाने गर्थे । जुन स्वास्थ्यका लागि मात्र होइन, समग्र पर्यावरणका लागि पनि लाभदायक हुन्थ्यो । तर आजभोलि बजारमा प्लास्टिक र स्टिलका भाँडा छ्यापछ्याप्ती पाइन थालेपछि पातबाट बनाइने दुना-टपरी लोप हुँदै गएका छन् । 

कुनैबेला घरमा मात्र होइन, पुजाआजा, ब्रतबन्ध, विवाह र भोजमा पनि टपरीकै प्रयोग हुने गर्थ्यो । गाउँ र छिमेकमा केही परे सबैजना मिलेर पात टिप्न जान्थे, र संगै सबै मिलेर टपरी गाँस्थे ।

तर समाज आधुनिक युगतर्फ अघि बढेपछि दुना-टपरीको प्रयोग र टपरी गाँस्ने चलन हराउँदै गएको   भए पनि आजभोलि बिस्तारै टपरीको प्रयोग घटेको छ । धनगढी-६ सिद्दार्थ टोलकी लक्ष्मीदेवी सिंहले बताएकी छिन । ‘पहिलेपहिले विवाह, ब्रतबन्ध लगाएतका सत्कर्मका काममा दुना-टपरिकै प्रयोग धेरै हुन्थ्यो’, उनले भनिन, ‘तर आजकल दुना-टपरीको प्रयोग घटेको छ । दुना-टपरी गाँस्ने र प्रयोग गर्नेहरु बिरलै भेटिन्छन ।’

सिंहका अनुसार आजभोलि ब्रतबन्ध र विवाहजस्ता काममा पनि अक्सर प्लास्टिक र कागजकै सामान बढि प्रयोग गर्न थालिएका छन् । जुन हाम्रो संस्कार र परम्परामा स्वीकार्य नभएको सिंहले बताइन । तर बढ्दो आधुनिकता र फेरिँदो संस्कृतिले छोड्नै नहुने संस्कार पनि नयाँ पुस्ताले बिर्सिदैं गएको सिंहले बताएकी छिन ।   ‘बढ्दो आधुनिकतासँगै दुना-टपरीका सट्टामा प्लाष्टिक र कागजका सामानको प्रयोग बढेर गएको छ’, उनले भनिन, ‘तर यो हाम्रो संस्कृति अनुसार राम्रो मानिँदैन ।’

यस्तै अहिले कहिंकतै गाउँघरमा र धार्मिक पीठहरुमा दुना-टपरी खोजिने गरे पनि बिस्तारै दुना-टपरी लोप हुँदै गएको सिंहको भनाइ छ । उनले अहिले दुना-टपरीको साटो प्लास्टिकका भाँडा प्रयोग हुन थाले पनि  पुजाआजा र प्रितिकर्मका लागि प्लास्टिकका सामान शास्त्रीय हिसाबले शुभ नहुने बताएकी छिन । 

‘आजभोलि त खासै दुना टपरीको प्रचलन छैन । हाम्रा पालामा त बिहे भाको दोस्रो दिन हातमा सासुले धुना र टपरी बनाउन हातमा पात थमाइदिनुहुन्थ्यो । तर अहिले प्लास्टिकका सामानकै प्रयोग बढ्दो छ’, उनले भनिन, ‘प्लास्टिकका सामग्रीमा पूजाआजा तथा प्रीति कर्मका लागि राम्रो हुँदैन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार