धनगढी । भन्दा प्रदेशकै समृद्द नगर भनिए पनि धनगढीका केही गाउँ र बस्ति अझै पनि खानेपानीको पहुँच भन्दा बाहिर छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ र ६ को मध्ये भागमा बसोबास गर्दै आएका नागरिक ढल र शुद्द खानेपानीको पहुँचबाट बन्चित भएका छन् । अहिले पनि यी क्षेत्रका नागरिक प्राविधिक रुपमा शुद्द नठहरिएको नलको पानी पिउन बाध्य छन् ।
तर पनि बर्षौंदेखि त्यही नलको पानी सेवन गर्न बाध्य भएको एक स्थानीयले बताएका छन् ।
ती स्थानीयका अनुसार उक्त क्षेत्रमा ४० घरधुरीका लागि दुइवटा नल गाडीएका छन् । तर, पानीको गुणस्तर साह्रै कम छ । पानीको गुणस्तर कम छ भन्ने थाहा हुँदा हुँदै पनि सोहि नलको पानी प्रयोग गर्नुको विकल्प नभएको ती स्थानीयले बताएका छन् ।
‘अहिले हाम्रो यहाँ भएका ४० घरधुरीका लागि २ वटा नल गाडिएका छन् । ती नलमा पनि शुद्द पानी आउँदैन’, उनले भने, ‘नलको पानीले भाँडा धुँदा भाँडा नै रातो हुन्छ । यो पानी खान लयको पनि छैन ।’
स्थानीयका अनुसार नलको पानीले लुगा धुँदा लुगा पहेँलो हुने, भाँडाकुँडा पहेँलो हुने, पिउँदा पत्थरी हुने, आँखा पाक्नेजस्ता रोग देखा पर्ने गरेको छ । यति मात्र होइन, सोही पानी पिएकै कारण स्वास्थ्यमा समस्या देखिएपछि ६ महिनासम्म पानी किनेर खान बाध्य भएको स्थानीय गुल्फीदेवी चौधरीले बताएकी छिन ।
‘यही पानी सेवन गरेकै कारण पत्थरीसम्म भएको छ । एकपटक त मृत्युको मुखमै पुगेर बाँचेकी छु’, उनले भनिन, ‘तर पनि यो पानी खानुको विकल्प छैन । बाध्य भएर यही पानि खाइरहेका छौँ ।’
त्यस्तै उनले अहिले पानी शुद्द गरेर खाने विभिन्न उपाय भए पनि फिल्टर गरेर, किटनाशक औषधि प्रयोग गरेर खानु सपनाजस्तै भएको चौधरीको भनाइ छ । उनले हरेक दिन यही अशुद्द पानी पिउनुपर्ने तनावले सताउने भन्दै अफ्फुहरुको समस्याप्रति स्थानीय निकाय र राज्यलाई गम्भीर हुन पनि आग्रह गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस्