‘एन्टिबायोटिकको जथाभावी प्रयोगले झन् बिग्रिदैछ स्वास्थ्य’

भक्तराज जोशी

धनगढी । पछिल्लो समय चेकजाँच नै नगरी एन्टिबायोटिक खानेहरु बढेका छन् । साथीहरुको लहैलहैमा लागेर होस् वा स्वस्फुर्त रुपमा एन्टिबायोटिक खानेहरु बढेका हुन् । अझ आजभोलि त एन्टिबायोटिकको प्रयोग जथाभावी नै हुन थालेको छ ।

करिब ३० वर्षदेखि मेडिकल क्षेत्रमा अनुभव बटुलेका कठरिया मेडिकल हलका संचालक रामचरण कठरियाले पनि केही वर्षयता जथाभावी रुपमा एन्टिबायोटिक सेवन गर्नेहरु बढेको बताएका छन् । त्यसैमाथि एन्तिबायोतिकको गलत प्रयोगले गर्दा पछिल्लो पुस्ता विभिन्न रोगको सिकार बनेको पनि कठरियाले बताएका छन् ।

Tihar shuvakamana
Discovery School

‘आजभोलि चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक खानेहरु बढेका छन्’, उनले भने, ‘त्यसैमाथि एन्टिबायोटिकको जथाभावी र गलत प्रयोगले धेरैजना विभिन्न रोगको सिकार बनेका छन् ।’

 यसरि एन्टिबायोटिक सेवन गर्नेहरुमध्ये धेरैजसोले साथीभाईको लहैलहैमा लागेर सेवन गर्नेगरेको कठरियाले बताए ।  
अहिले बालबालिका र अझ धेरै किशोरकिशोरीले एन्टिबायोटिकको प्रयोग गर्ने गरेको कठरियाको भनाइ छ । एन्टिबायोटिकको जथाभावी प्रयोग बढेपछी आफुले बालबालिकालाई एन्टिबायोटिक दिन बन्द गरेको उनले बताएका छन् । तर वयस्क र वृद्दहरुलाई भने आवश्यकता अनुसार एन्टिबायोटिक दिने गरेको कठरियाले बताएका छन् ।

‘लहैलहैमा लागेर एन्टीबायोटिकको प्रयोग गर्नेको जमात ठुलो छ । तर हामीले बच्चा र अन्धाधुन्द एन्टिबायोटिक माग्न आउनेलाई हामीले एन्टिबायोटिक दिने गरेका छैनौँ’, कठरियाले भने, ‘तर वयस्क र वृद्धहरुलाई भने दिने गरेका छौँ ।’ 

एन्टिबायोटिकको गलत र जथाभावी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै कठरियाले एन्टिबायोटिकको जथाभावी प्रयोग नगर्न सुझाव दिएका छन् । साथै उनले खानैपर्ने अवस्था आए चिकित्सकको सल्लाह लिएर मात्र एन्टिबायोटिकको प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

अर्कोतर्फ युवा, अझ त्यसमा पनि किशोरीहरुमा देखिएको एन्टिबायोटिकको बढ्दो प्रयोगको बारेमा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार