‘पूर्णबहादुरको सारङ्गी’को कथा आफ्नो उपन्याससँग मिलेको लेखकको आरोप, दिए ९ आधार

काठमाडौं : चलचित्र ‘पूर्णबहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेपछि निर्देशक सरोज पौडेलले आरोप सत्य नभएको बताएका छन् ।

लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको आरोप लगाएपछि फिल्मलाई लिएर विवाद सिर्जना भएको छ । तर निर्देशक पौडेलले भने फिल्म चलेपछि नियोजित रुपमा चलखेल गरिएको प्रतिक्रिया दिएका छन् ।

‘यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फण्डा र चलचित्रलाई हानी पुर्‍याउने षड्यन्त्र हो,’ उनले भने, ‘रेकर्ड मा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ । तर, हामीलाई दर्शक को साथ छ । बाँकी त हामी अरूलाई टेरिँदैन ।’

‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो पिताको देहान्तपछि लेखेको र यो विशुद्ध रूपमा आफ्नो मौलिक सिर्जना भएको पौडेलले बताए । ‘यो पूर्णरूपमा काल्पनिक कथा हो । कतैबाट पनि प्रभावित छैन । यदि मिल्न गएको खण्डमा त्यो संयोग हुने छ,’ उनले भने ।

यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानुनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिए । एउटै समाजभित्रको कथा टिप्दा एकाध प्रसङ्ग मिल्न सक्ने भए पनि ‘कथा चोरी’को आरोप नाजायज र फजुल रहेको उनको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार