फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौं : शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा नेपालमा रहेका आमाबुबा र विदेशमा रहेका छोराबुहारीको कथा देखाइएको छ। 

नेपालमा रहेकी आमा छोरा र गर्भवती बुहारीलाई भेट्न अमेरिका पुग्छिन्। त्यहाँ उनी अप्रत्याशित कानुनी झमेलामा परेको ट्रेलरमा देखाइएको छ। यसमा अभिनेता विपिन कार्कीले वृद्ध र जवान गरी दुईवटा फरक चरित्र निर्वाह गरेका छन्। उनीहरू बाबु–छोराको भूमिकामा छन्।

Seti Hospital

वृद्ध विपिनको जोडीका रूपमा अभिनेत्री पूजा चन्द छिन्। जवान विपिनको जोडीमा अभिनेत्री वर्षा राउतको अभिनय छ। फिल्ममा ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सेस शर्मन, ज्याक बेल, सुचित्रा उप्रेती लगायत कलाकारहरूले पनि शीर्ष भूमिकामा अभिनय गरेका छन्। 

ऋचा घिमिरेको प्रस्तुति रहेको ‘तेल भिसा’ मा शंकर घिमिरेको लेखन तथा निर्देशन छ।

फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन र अजय खड्काको सम्पादन छ।फिल्म मंसिर ७ गतेबाट  नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार