काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच उपाधि भिडन्त हुँदैछ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।
फुटबल हेर्न रंगशालामा प्रवेशका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहान ८ बजेदेखि टिकट बिक्री खुला गरेको छ। एन्फाले एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ ।
एक जनाले भीआईपीतर्फ अधिकतम दुईवटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् । एन्फाले जम्मा १० हजार टिकट बिक्री गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्