आज नेपाल र भारतको भिडन्त , नेपालले जिते फाइनलमा पुग्ने !

ललितपुर : साफ महिला च्याम्पियनसिप फुटबलको सातौँ संस्करणमा नेपालले सेमिफाइनलमा फेरि पनि भारत नै प्रतिद्वन्द्वी पाएको छ ।

अघिल्लो ६ संस्करणमा नेपाल ५ पटक उपविजेता र १ पटक सेमिफाइनलमै हार्दा अधिकांश पटक भारतसँग नै हारेको थियो। सन् २०१० को पहिलो , सन् २०१२ को दोस्रो र सन् २०१४ को तेस्रो संस्करणमा नेपाल भारतसँग नै पराजित भएको छ।

सन् २०१६ को सेमिफाइनलमै भारतसँग हारेको नेपाल सन् २०१९ मा विराटनगरमा भएको पाँचौ संस्करणमा पनि भारतसँगै पराजित हुन पुग्यो।

भारतले नेपाललाई ३–१ ले पाखा लगायो। सन् २०२२ मा काठमाडौंमा सम्पन्न छैटौँ संस्करणको उपाधि होडमै भारत पुग्न सकेन। सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको छ।

गत संस्करणमा घरेलु मैदानमा भएको प्रतिस्पर्धामा लगातार हारिरहेको बदला लिएर नेपालले पहिलोपल्ट भारतलाई सेमिफाइनलमै १–० ले रोकेको थियो। 

गत संस्करणदेखि नै भारतको एकल दबदबा तोडिएको छ। यही संस्करणको समूह चरणको खेलमा पाकिस्तानले भारतसामु ५–२ को अन्तरले हार्नु र बंगलादेशसँग पनि ३–१ ल्े निराश हुनु भारतका धेरै दबाब छ। खेल जिते पनि सजिलैसँग भारतले आफ्नो पोल्टामा नतिजा ल्याउन सकेन।

समूह बि बाट विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको हो भने समूह ए बाट उपविजेता हुँदै भारत अन्तिम चारमा पुगेको हो। नेपालले समूह चरणमा भुटानसँग गोलरहीत बराबरी खेल्दा माल्दिभ्सलाई ११–० ले तथा श्रीलंकालाई ६–० ले पाखा लगाएको छ।

भुटानले माल्दिभ्सलाई १३–० ले हराएपछि समूह विजेता बन्न अन्तिम खेलमा नेपालले श्रीलंकालाई कम्तिमा ६ गोलको अन्तरले हराउनुपर्ने थियो। त्यही लक्ष्य अनुरुप नेपालले ६–० ले नै श्रीलंकालाई हरायो।

श्रीलंकाविरुद्ध नेपालको जितमा रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, सविता राना मगर, रश्मीकुमारी घिसिङ र अमिषा कार्कीले १–१ गोल गरे ।
रेखाले प्रतियोगितामा ७ गोल गरिसकेकी छिन्। उनले यसअघि माल्दिभ्सविरुद्धको खेलमा ५ गोल गरेकी थिइन्।

समूहमा नेपाल र भुटानको समान ७–७ अंक भएपनि गोलअन्तरमा नेपाल १ गोलले अघि अगाडि रहँदै समूह विजेता बन्न सफल भएको हो। समान अंक भएपनि भुटानले १७ गोल गरेर १ गोल खाएको थियो भने नेपालले पनि १७ गोल नै ग¥यो तरपनि उसले एक गोल पनि खाएको छैन।  

अब सेमिफाइनलका खेलहरु आइतबार हुनेछन्। पहिलो सेमिफाइनलमा बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे र दोस्रो सेमिफाइनलमा साँझ साढे ६ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

यस पटकको दुवै सेमिफाइनल खेलले छैटौँ संस्करणको झझल्को दिलाउनेछन् । सन् २०२२ को साफ च्याम्पियनसीपमा भुटान र बंगलादेश तथा भारत र नेपाल नै भिडेका थिए।

भुटान बंगलादेशसँग ८–० ले हार्दा नेपालले भारतलाई १–० ले हराएको थियो। सो संस्करणमा नेपाल र बंगलादेश दुवैले भारतलाई पहिलो पटक साफमा हराएका थिए । धेरैपटक फाइनल पुगेर भारतसँग हार्दै आएको नेपाल बंगलादेशसँग पराजित हुँदै उपाधि विमुख भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार