काठमाडौं : ‘द भ्वाइस अफ नेपाल’ सिजन ६’को कोचको रुपमा राजु लामाको पुनरागमन भएको छ ।
यो लोकप्रिय गायन रियालिटी शोले विहिबार बेलुका पहिलो कोचस्वरुप लामाको नाम घोषणा गरेको हो । एक भिडियो सन्देश जारी गर्दै राजुलाई कोचको रुपमा चिनाइएको छ । भिडियोमा लामा भन्छन्- ‘तपाईंहरुको आवाजलाई सगरमाथाको शिखरमा पुयाउन आइपुगेको छ तपाईंहरुको जो जो ।
’लामा यसअघि सिजन २, ३ र ४ मा कोच रहिसकेका छन् । पाँचौ सिजनमा उनी देखिएनन् । सिजन ४ मा उनको टीम विजयी भएको थियो । उनी भ्वाइस किड्सको पहिलो सिजनका कोच पनि थिए । शो निर्देशक लक्ष्मण पौडेलले बाँकी ३ कोचको टुंगो यसैसाता लाग्ने बताए । ‘पहिलो कोचको रुपमा राजु फाइनल भए ।
केही दिनमा बाँकीसँग साइन हुँदैछ’ उनले भने, ‘केही नयाँ र केही पुरानै हुने सम्भावना छ ।’सिजन ५ को ब्लाइन्ड अडिसन तिहारलगत्तै सुरु हुने जनाइएको छ । यो रियालिटी शो मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने निर्देशक पौडेलले जनाए ।
प्रतिक्रिया दिनुहोस्