साफ महिला च्याम्पियनसिप २०२४ : श्रीलंकाको पोस्टमा नेपालको ६ गोल, सेमिफाइनलमा  प्रवेश

काठमाडाैँ- साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६ -० गोलले पराजित गरेर समूह विजेता  बन्न पुग्याे । नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो। गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पारेकाे हाे ।

यसअघि नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलेको थियो। अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ। त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्ने छन्। बिहीबार समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्‍यो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार