बढ्दै चिसो, देशभर कहाँको तापक्रम कति ?

काठमाडौ: डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने भएकाले पनि देशभरको मौसम चिसोतर्फ ढल्किँदै गएको हो।

यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १४ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ।

dashain shuvakamana
Discovery School

मौसम पूर्वानुमान महाशाखाले बिहान ८.४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियसमा झरेको हो।

यसैगरी आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ३.६ डिग्री सेल्सियस मापन भएको छ। आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ धनगढीमा ३४ डिग्री सेल्सियस छ।

हेर्नुहोस् देशका विभिन्न स्थानमा आजको न्यूनतम तापक्रम र हिजोको अधिकतम तापक्रम विवरण

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ।

न्यूनतम सामान्यतया हरेक बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५-४५ बजे मापन हुने गर्छ। तसर्थ आजको अधिकतम तापक्रम भने भरे साँझ ५.४५ बजे मात्र सार्वजनिक हुनेछ।

यही असोज २६ का दिन नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको हो। नोभेम्बरसम्म रहने यो सिजन सुरु भएपछि मुलुकमा वर्षा कम भएको छ भने चिसो बढ्दै गएको छ।पहाडी भूभागमा हल्का वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार