आइसीसी विश्वकप लिगमा सहभागी हुन सन्दीपलाई अमेरिकाले दियो भिसा

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।

आइसीसी विश्वकप लिग -२ श्रृंखलामा सहभागी हुन जाने क्रममा अमेरिकी राजदूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार लामिछाने आजै बेलुकी अमेरिका उड्नेछन्। अमेरिकामा नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म आइसीसी विश्वकप लिग (२ श्रृंखला हुँदैछ।

अमेरिका र नेपालबीच तीन टी–ट्वेन्टी खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार