चलचित्र ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो

काठमाडौँ : चलचित्र ‘छक्का पञ्जा–५’को भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज (बुधबार) धेरै छ । क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो ।

क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान ६ बजेपछिका लागि ‘१२ गाउँ’ले ३२ शो पाउँदा ‘छक्का पञ्जा–५’ले ३१ शो पाएको छ ।

dashain shuvakamana
Discovery School

मंगलबार क्यूएफएक्सका काठमाडौंका आउटलेटमा यी दुई चलचित्रले बराबर शो पाएका थिए । सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो ।

त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो । सातौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ भन्दा ‘१२ गाउँ’ अगाडि लागेको हो ।

अन्य मल्टिप्लेक्समा भने कुनैमा ‘छक्का पञ्जा–५’का धेरै शो छन् भने केहीमा ‘१२ गाउँ’कै शो बढी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार