फिल्म ‘फेरि रेसम फिलिलि’ को छायाङ्कन सुरु

काठमाडौँ : फिल्म ‘फेरि रेसम फिलिलि’ को छायाङ्कन सुरु भएको छ । सोमबारबाट फिल्मको छायाङ्कन सुरु गरेको निर्माता रौनकविक्रम कँडेलले जानकारी दिए ।

लेखन तथा निर्देशन निरोज महर्जनको रहने फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय रहनेछ । 

dashain shuvakamana
Discovery School

रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् । सिनेमा आर्टसको प्रस्तुति रहने फिल्म दि मोसन पिक्चर्सको सहकार्यमा बन्न लागेको हो । सुजन प्रजापतिको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन रहने फिल्ममा पटकथा निरोज महर्जन र आकाश बरालको छ ।

कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइबा र दीपक शर्माको सङ्गीत फिल्ममा रहने छ  । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार