दशैँमा कस्तो रहनेछ मौसम?

कैलाली | नेपालीहरूलाई अहिले दशैँको  मौसम कस्तो होला? भन्ने जिज्ञासा रहेको छ। भर्खरै ठूलो विपद् बेहोरेको अवस्थामा हिले दशैँ हुने त होइन भन्ने चिन्ता पनि रहेको पाइन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ठूलो वर्षा हुने सम्भावना नरहे पनि कतैकतै  हल्का देखिमध्यम वर्षाको सम्भावना भने रहेको जनाएको छ। 

आज यसपालिको दशैँ विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले दशैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनइएको छ। 

विभागले कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार