फूलपातीमा देशविदेशमा रिलिज हुने नेपाली चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर बिहिबार सार्वजनिक

काठमाडौं : यो दशैंका अबसर पारेर २४ असोज फूलपातीमा देशविदेशमा रिलिज हुने नेपाली चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ । निर्माण पक्षले यसको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरेको हो ।

दुई मिनेट ५६ सेकेण्डको ट्रेलरले दर्शकलाई कतै हँसाउँछ भने कतै गम्भिर बनाउँछ । यो चलचित्रमा हाँसोसँगै नेपाली समाजको पीडासमेत समेटिएको ट्रेलरले प्रस्तुत छ ।

dashain shuvakamana
Discovery School

ट्रेलर अनुसार जितु नेपाल यो चलचित्रमा बाउ र छोरा गरी दोहोरो भूमिकामा छन् । बुबा बनेका जितु (गोवर्धन)ले छोराको विवाह नगरेपछि आफ्नो विवाह गरेपछि निम्तिएको समस्यालाई ट्रेलरमा देखाईएको छ । त्यसैको इखले घरज्वाईं बन्न घरबाटै अन्मिएर ससुराली गएका जितुले त्यसपछि भोग्नुपरेको पीडा पनि ट्रेलरमा छ ।

ट्रेलरमा फिल्मकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले विभिन्न प्रतिष्पर्धा गरेको दृष्य नविन र रोचक बनेको छ । जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन् ।

ट्रेलरमा फिल्मका कलाकारहरु जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारदेखिएका छन् । यता आफ्नो दुधेवालक छाडेर जितु बिदेशिँदै गरेको गरेको ट्रेलरको एक दृष्य निकै मार्मिक छ ।

यो चलचित्रलाई वसन्त निरौलाले निर्देशक गरेका हुन् । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो चलचित्रमा जितु नेपालसँगै, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मस्को व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको यो चलचित्रको कार्यकारी निर्माता विजय बस्याल हुन् । जसमा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार