फिल्म ‘फिरफिरे फिरिरी’ को टाइटल गीत सार्वजनिक

काठमाडौँ : फिल्म ‘फिरफिरे फिरिरी’ को टाइटल गीत सार्वजनिक गरिएको छ। गीत दसैँको घटस्थापनाको अवसरमा म्युजिक नेपालबाट सार्वजनिक गरिएको हो।

गीतमा भरत अधिकारी, प्रशान्त शिवाकोटी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको स्वर छ। गायक प्रशान्त शिवाकोटीको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारको नृत्य छ। फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ। सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

फिल्ममा सन्दिप श्रेष्ठ र नबिन भट्टको संयुक्त लेखन छ। फिल्म आगामी कार्तिक २२ मा छठ पर्वकोअवसरमा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक नवीन भट्ट हुन्। फिल्म जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ।

फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन्। यसअघि उनले ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ जस्ता फिल्म बनाएका छन्। उनी १५ वर्षपछि फिल्म निर्माणमा फर्किएका हुन्। फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार