एजेन्सी : क्यानडामा जारी टि ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा ओमानले घरेलु टोलीमाथि फराकिलो जित हात पारेको छ ।
मंगलवार बिहान सम्पन्न खेलमा ओमानले क्यानडामाथि ८ विकेटको जित निकालेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
ओमानको जितमा कप्तान अकिब इल्यासले ४६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ तथा शोयब खानले ३१ बलमा नट आउट ३० रन बनाए । कश्यप प्रजापतीले १३ तथा जिशान मक्सुदले नट आउट २ रन जोडे । क्यानडाका लागि डिलेन हेलिगरले १ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा क्यानडा टस हारेर ब्याटिङको निम्ता पाएकोमा १९.५ ओभरमा अल आउट हुदै १ सय ६ रनमा समेटिन पुग्यो । क्यानडाका लागि कप्तान निकोलस किर्तनले सर्वाधिक १८, साद विन जाफरले १५, हर्ष ठाकर र श्रेयश मोभ्भाले समान १४ तथा अखिल कुमारले नट आउट १० रन बनाए ।
ओमानका लागि करिमुल्लाह, फैयज बट र अकिब इल्यासले समान २ तथा रफिउल्लाह, सकिल अहमद र जिशान मक्शुदले समान १ विकेट लिए । सिरिजमा सहभागी नेपाल सहितको तीनै राष्ट्रको दुई खेलबाट समान २ अंक भएको छ । नेपालले सिरिजको तेस्रो खेलमा मंगलवार घरेलु टोली क्यानडाको सामना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्