सत्यराजको स्वरमा नयाँ गीत ‘सपना…’को भिडियो सार्वजनिक

काठमाडौं : सत्यराज आचार्यले आफ्नो स्वरमा नयाँ गीत ‘सपना…’को भिडियो सार्वजनिक गरेका छन् । यो गीतलाई डा. बिनु बाबा अर्यालले लेखेकी हुन् । गीतमा योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।

गीतको भिडियोमा भिडियोमा संगीतकार उपाध्यायसँगै अर्का गायक प्रशान्त सिवाकोटी, नेहा गुरागाई, बिष्णु माया निरौला, देवयान्स निरौला, टिकाराम श्रेष्ठ, सोनु परियार र निर्देशक स्वयम्को अभिनय रहेको छ ।

dashain shuvakamana
Discovery School

यो गीतको भिडियोलाई सुरज तामाङले निर्देशन गरेका हुन् । भिडियोमा दिवर मगरको छायाँकन तथा सोनुको सम्पादन रहेको छ । गीतकार डा. अर्यालले त्रिभुवन विश्व बिद्यालयमा सहप्राध्यापक रही लामो समय अध्यापन गराएकी थिइन ।

यस्तै संगीतकार उपाध्यायले त्रिभुवन विश्व बिद्यालयबाट संगीतमा स्नाकोत्तर गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार