आठ वर्षपछि अभिनेता राजेश हमाल शुक्रबारबाट नयाँ चलचित्र ‘नरसिंहाः अवतार’को छायाँकनमा उत्रिए !

काठमाडौं : आफ्नो पछिल्लो चलचित्र बागमतीमा अभिनय गरेको आठ वर्षपछि अभिनेता राजेश हमाल शुक्रबारबाट नयाँ चलचित्र ‘नरसिंहाः अवतार’को छायाँकनमा उत्रिएका छन् । आठवर्ष पछि चलचित्रको छायाँकनमा आउँदा आफुलाई सबैकुरा नयाँ जस्तो लागेको अभिनेता हमालले बताएका छन् ।

बिहीबार काठमाडौंको बालाजु स्थित एनएफडिसी स्टुडियो मुहुर्त गरिएको यो चलचित्रको शुक्रबारबाट सो स्टुडियोमा छायाँकन सुरु गरिएको हो,‘ म्युजिक भिडियोहरुमा काम गरे पनि चलचित्रको छायाँकनमा लामो समयदेखि काम नगरेर होला यतिबेला सबैकुरा नयाँ जस्तो लागिरहेको छ ।’ अभिनेता राजेश हमालले शुक्रबार नरसिंहा ः अवतारको छायाँकनको क्रममा सञ्चारकर्मीसँग भने ।

dashain shuvakamana
Discovery School

लामो समयपछि चलचित्रमा फर्किएका कारण यसपटक आफुले नरसिंहाः अवतारको लागि लामो तयार गरेको पनि यी अभिनेताले बताएका छन् । यो चलचित्रमा उनको शिर्ष भूमिका रहेको छ । काम राम्रो होस भनेर आफु यो चलचित्रको अभिनय कार्यशालामा यसपटक दुई साता भन्दा लामोसमय बसेको पनि राजेशले बताएका छन् । आठ वर्षपछि भए पनि यो चलचित्रमा आफ्नो आगमन दर्शकलाई विशेष हुनसक्ने विश्वास यी अभिनेताको छ ।

यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । उनी पनि राजेश हमालको पुनआगमन प्रति निकै आशाबादी छन् । अभिनेता राजेश हमालले आफुलाई तीन महिना स्कृप्टमा पुनलेर्खन गराएपछि बल्ल उनी यो चलचिमा अनुबन्धित भएको पनि निर्देशक भट्टराईले बताएका छन् ।

अभिनेता हमालले यो चलचित्रलाई आफुले चाहे अनुसारकै समय दिईरहेको र त्यत्तिकै मेहनत गरिरहेको पनि निर्देशक भट्टराईले जिकिर गरे । आफ्नो नयाँ चलचित्र मायावीको तिहारमा रिलिज गर्ने कार्य स्थगित गरेर उनले यो चलचित्रको निर्देशन सुरु गरेका हुन् । शुक्रबार र शनिबार इन्डोरमा छायाँकन भईरहेको यो चलचित्रको मौसम खुलेपछि आउटडोर छायाँकनमा जाने पनि उनले बताएका छन् ।

आगामी १४ फागुन शिवरात्रीलाई प्रदर्शन मिती तोकिएको यो चलचित्रमा अभिनेता राजेश हमालसँगै, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेस चन्द सोडारी, प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ । नीतिको यो तेश्रो र सनिशाको यो दोश्रो चलचित्र हो ।

यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यसलाई नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार