धनगढी : हजारौ सुख दुख संगै जिवन काट्नु पर्छ । अझ सुखका खुटकिला भन्दा दुखका खुटकिलाले जिवन जिउन सिकाउदो रहेछ ।घडीका सुई संग जति खेले पनि जिन्दगीका सुई संग भने खेल्न नसकिदो रहेछ । जस्तो भएपनि सहन पर्ने । मुस्काउंदै आन्नद वर्माले भने ।
धनगढी वडा न ४ शिव मन्दिर बस्ने उमेर ७० वर्षका । उनी धनगढी प्रादेशिक अस्पतालको पुर्व साईड सडक छेउमा सानो फुटपात पसल गर्छन करिब ४० वर्ष भयो घडी बनाउने काम गर्ने लागेको । एक निश्चित अवधि बनाउने काम गरेका व्यक्तिको जिवनमा भने निश्चित अवधि कहिल्यै आएन ।
जिवन घडिको सुई झै कहिल्यै भएन । संगै जिवन जिउने र लामो समय संगै तितामिठा पल बिताउने वाचा कसम खाएकीे श्रीमतीले पनी १५ वर्ष अगाडि नै छोडेर गइन् । टन्टलापुर घाममा यो बुढेशकालको जीवन जिउन खोज्नुको छुट्टै पीडा हुन्छ । त्यसैमाथि जिम्मेवारीका खुड्किला । बाध्यता संग मुस्कुराउन पर्छ । अरु विकल्पै छैन । बदलिदो समय परिवर्तन भए झै बिग्रेका घडिका डिजाइन पनि फरक फरक आउने भएकाले काम भने उही पुरानो छ ।
जिन्दगीको ४ दर्शक यहि काममा बिताएका वर्मा कुनै बेला राम्रो आम्दानी गर्थे तर धनगढी उपमहानगरपालिकाले सडक विस्तार कार्य सुरु गरे यता आम्दानी त्यती राम्रो भएको छैन् । दैनिकी गुजरा जेनतेन चलेकै छ ,बिहान बेलुकाको छाक टरेकै छ । उनी भन्छन ।
जिवन जीउन सजीलो कहा छ र ? तर वर्माको जिवनमा जे जस्तो भएपनि उनको कार्य र घडिको सम्बन्ध भने धेरै राम्रो छ । धेरैको बिग्रेको घडी सपारेर सहि समयमा सहि कार्य गर्न सिकाउने वर्मा हासी खुशी जीवन निर्वाह गरिरहेका छन् र उनी आफनो काम प्रति साह्रै खुसि छन् ।
अहिले युवा पुस्ता स्वदेशकै सडकमा बसेर काम गर्न अप्ठारो मान्छन् तर त्यहि युवा विदेशी भुमिमा जस्तो काम गर्न नि तयार हुन्छन् । देशका कयौं युवा नेपालमा काम नै पाईदैन भन्दै बिदेशी रहेका छन् । आखिर गरे नेपालमै गर्न सकिने रहेछ भन्ने ज्वलन्त उदाहरण हुन् आनन्द वर्मा ।
प्रतिक्रिया दिनुहोस्