दशैंको फूलपातीका दिन अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

सिड्नी : दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी दिए ।

अस्ट्रेलियामा ‘छक्कापञ्जा’का अघिल्ला सिरिज हल भाडामा लिएर प्रदर्शन गरिंदै आएको भए पनि यसपटक नियमित रिलिज हुने उनले बताए । ‘हामीले यसअघि पनि चलचित्र फर्की फर्कीको पनि बक्स अफिस रिलिज गरेका थियौं’ गिरीले भने, ‘यहाँ रहनुहुने नेपालीहरूको सहजता र सुझावलाई ध्यानमा राखेर छक्कापञ्जा-५ को पनि बक्स अफिस रिलिज गर्न लागिएको हो ।’

dashain shuvakamana
Discovery School

यो फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा खरिद गरेका हुन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘छक्कापञ्जा ५’ मा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार