काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्