धनगढीमा मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना बारे सञ्चारकर्मीसँग छलफल

सावित्री जोशी

धनगढी : दिगो शान्ति र संवृद्धिको आधार ” भन्ने नारालाई सार्थक पार्नको लागि मंगलबार मानव अधिकार आयोगले सञ्चारकमीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम अयोजना गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सञ्चारकर्मीहरुले कसरी सहकार्य गरेर मानव अधिकारको लागि काम गर्न सकिन्छ भन्ने उदेश्यले उक्त कार्यक्रम अयोजना गरेको हो । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोगको छैंटौं रणनीतिक योजना (२०२१–२०२६), मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना (२०७७÷७८–२०८१–०८२) का बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

dashain shuvakamana
Discovery School

राष्ट्रिय मानव अधिकार आयोगको छैंटौं रणनीतिक योजनाको नारा“जीवन , मर्यादा, समानता र स्वतन्त्रताको अधिकार भन्ने रहेको हुदा उक्त नारालाई सफल पार्न र समाजका भएका विभिन्न घटनालाई रोक्न मात्र नभई खबरदारी गर्न सञ्चारकर्मीहरुले ठुलो भुमिका खेल्ने भएकाले यो कार्यक्रमको आवश्यकता भएको राष्ट्रिय मानव अधिकार अयोगका उप सचिव तथा कार्यक्रम प्रमुख झंकर बहादुर रावलले बताए ।

उनले भने योजनाका ७ वटा रणनीतिक र १६ वटा उद्देश्यहरु लाई सशक्त बनाउन राष्ट्रिय मानव अधिकार आयोग एक्लैले केहि गर्न नसक्ने हुदा थप सशक्त बनाउ सबैले हातेमाले गर्न पर्नेमा जोड दिएका छन् ।उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कार्यलय कर्मचारी लगायत जिल्लाका पत्रकारहरु सहभागि थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार