काठमाडौं म्याराथनको १६औं संस्करण असोज १२ मा हुने

काठमाडौं : काठमाडौं म्याराथनको १६औं संस्करण यही असोज १२ गते हुने भएको छ।

काठमाडौं म्याराथन आयोजक कमिटीले जनाएअनुसार काठमाडौं म्याराथनमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजारभन्दा बढी सहभागी हुनेछन्।

dashain shuvakamana
Discovery School

काठमाडौं म्याराथनका  प्रतियोगिताका लागि एक सय ७० धावकले नाम दर्ता गराइसकेको आयोजक जनाएको छ।

हाफ म्याराथनमा भने अहिलेसम्म पाँच सय ५० धावक सहभागी हुने टुङ्गो लागेको उहाँलेउनले जानकारी दिए ।

यस्तै सरकारी र निजीतर्फका ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । म्याराथन र हाफ म्याराथन दुवैमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने पनि आयोजकले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार