देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलियो !

काठमाडौं : हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो ।

Dengue

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कोशीका १ हजार २७ जनामा डेंगु देखिएको हो ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार