पहिलो सन्तानकी आमा बन्दै नायिका नन्दिता

काठमाडौं : नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् ।

नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्, ‘सन्तानालाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं ।’

Dengue

उक्त तस्बिरमा उनले लगाएको टी-सर्टमा ‘सुन टू बी मम्मी’ र उनका श्रीमान् डा. अरबिन्द्र कटवालको टी-सर्टमा ‘सुन टू बी ड्याडी’ लेखिएको छ ।

नन्दिता र अरबिन्द्र कटवाल गत फागुनमा काठमाडौंमा विवाह बन्धनमा बाधिएका हुन् । उनीहरू दुवै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

नन्दिताले फिल्म ‘इन्द्रेणी’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । उनले ‘हामी तीन भाइ’, ‘सपना’, ‘त्रिशुल’, ‘युद्ध’, ‘बाटो मुनीको फूल’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरेकी छन् । उनका श्रीमान् डाक्टर कटवाल मुटुरोग विशेषज्ञ हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार