‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौँ : ‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक सुरेश लामा र गायिका दीपा लामाको आवाजमा सजिएको गीत आज सार्वजनिक भएको हो ।

गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् । संगीत डी‍.बी. लामाको रहेको छ । विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

Dengue

गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन् । उनीहरूलाई एकार्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ ।

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार