बाढीबाट प्रभावित ५१ परिवारलाई सुरक्षीत स्थानमा सारिए !

धनगढी : कैलालीको जानकी गाउँपालिकाका बाढी बाट जोखिम ५१ परिवारलाई सुरक्षीत स्थानमा सारिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुृसार पुर्व सूचनाका आधारमा जानकी गाउँपालिका वडा नम्बर ४ गिरधरपुरका ३५ घर र वडा नम्बर ७ फरेलाका १६ घर परिवारलाई सुरक्षित भवनमा सारिएको जनाएको छ।

dashain shuvakamana
Discovery School

वडा नम्बर ४ का वडा अध्यक्ष दिपेन्द्र कुमार कठरियाका अनुसार उक्त स्थानमा पथरिया नदीको पानी पसेको जनाएको छ ।

जोशिपुर गाउँपालिकाको वडा नम्बर ४ को वाणी र पटाउप गाउँमा र ३ को भित्तरिया गाउँमा पथरैया र काँढा नदीको बाढि पसेको र अहिले सम्म त्यहाको जन जीवन सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी सिवराज जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार