साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै !

काठमाडौं : साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुँदै छ।

जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तीमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ। त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ। समूह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ। 

SHIKHAR COOL TECH

प्रतियोगितामा समूह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ। समूह ए मा नेपालले दुवै खेल जितेर समूह विजेता बनेको छ भने बङ्गलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ। नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बङ्गलादेश र श्रीलङ्कासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्।

आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ। सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार