गायिका अधिकारीको गीत ‘के हेरेको टुलु टुलु’ सार्वजनिक

काठमाडौँ : गायिका समीक्षा अधिकारीको प्रस्तुति रहेको गीत ‘के हेरेको टुलु टुलु’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायिका अधिकारीको स्वर छ ।

गीतमा खेम सेञ्चुरीले संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ । समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडिओ सार्वजनिक गरिएको छ । भिडिओमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् ।आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई भिडिओमा देखाइएको छ ।  

Dengue

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुबास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलको कोरियोग्राफी, सुरेन्द्र बसेलको सहायक निर्देशन र शम्भु श्रेष्ठको प्रोडक्सन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार