भारतीय कुस्ती खेलाडी विनेशले गरिन् सन्यास घोषणा

धनगढी : भारतीय कुस्ती खेलाडी विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत कुस्तीको फाइनलमा अयोग्य घोषित भएकी उनले सन्न्यासको घोषणा गरेकी हुन् ।

विनेशले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर सय ग्राम बढी तौलका कारण उनी स्वर्ण पदकका लागि अयोग्य घोषित भएकी थिइन् ।सन्न्यासको घोषणा गर्दै उनले सामाजिक सञ्जाल एक्समा लखेकी छन्, ‘आमा रेस्लिङले मलाई जित्यो, म हारेँ । मलाई क्षमा गर्नुहोस्, तपाईंको सपना र मेरो साहस चकनाचूर भयो । मसँग अब कुनै शक्ति छैन । गुडबाई रेस्लिङ ।’

विनेशले सेमिफाइनलमा विपक्षीलाई ५–० को अन्तरले पराजित गर्दै ओलम्पिकको फाइनलमा स्थान बनाउने पहिलो भारतीय महिला कुस्ती खेलाडी बनेकी थिइन् । विनेश इतिहासकै सबैभन्दा सफल भारतीय कुस्ती खेलाडी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार