काठमाडौँ : गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ ।
डीआर सुजनको शब्द, सङ्गीत र आशिष अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ, दुःखमा आत्तिने र सुखमा नमात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ ।
डीआर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी छ । भिडियोलाई डीआर सुजन आफैँले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्