पेट्रोलको मूल्य १ रुपैयाँले सस्तियो

भक्तराज जोशी

कैलाली । पेट्रोलको मूल्य १ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुनेगरि पेट्रोलको मूल्य १ रुपैयाँले घटाएको हो ।

पेट्रोलसँगै निगमले डिजेल र मट्टितेलको मूल्य पनि घटाएको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको छ ।

Dengue

त्यस्तै निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

योसँगै अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ भने झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार