बाढी पहिरोले आजसम्म १३४ जनाको मृत्यु ,सुदुरपश्चिममा मात्र १४ जनाले ज्यान गुमाए !

काठमाडौँ : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपदमा आजसम्म १३४ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायत विपदमा काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३४ जनाको मृत्यु भएको हो।

Seti Hospital

बाढीपहिरोमा काठमाडौँ उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४८ जना घाइते भएका प्रवक्ता कार्कीले बताए।

उनले भने, “बाढीपहिरोमा कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा एकजना, लुम्बिनी प्रदेशमा एकजना र कर्णाली प्रदेशमा एकजना गरी ७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।”

बाढीका कारण जम्मा १८४ घर डुबानमा परेका छन्। २३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

बाढीपहिराकै कारण ६०३ वटा पशुचौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३० घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार