नेपाल प्रहरीमा रिक्त रहेको एआईजी पदमा डिआईजी जोशी बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको एआईजी पदमा नेपाल प्रहरीका डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। तत्कालीन एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो।

Dengue

उसो त यस अगाडि पोषराज पोखरेलको पनि बढुवा सिफारिस भएको थियो। तर सोही समयमा सरकारमा उथलपुथल भएपछि उनी बढुवा नभई अवकाशप्राप्त बनेका थिए।

सुदूरपश्चिम घर भएका जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाकिमको रुपमा कार्यरत छन्। तर उनको दरबन्दी भने दरबन्दी प्रहरी प्रधान कार्यालयमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार