मेरो बाजे मन्दिरका पुजारी हुन : मिस पबी

काठमाडौँ : मिस पबिले आफु सार्की न भएको आफ्नो हजुर बुवा मन्दिरको पुजारी भएको बताएकी छिन। आफ्नो थरमा धेरै मानिसहरु झुक्किने गरेको भनि सुन्दर खनालले लिएको पोड्कास्टमा प्रस्ट पारेकी छिन। आफुलाई जसले जे सुकै भने पनि पबीले आफुलाई केहि फरक न पर्ने बताउनु भयो । आफ्नो हजुरबुवा डडेल्धुरामा रहेको उग्रतारा मन्दिरको पुजारी रहेको बताइन। बडा बजेको पालामा आफु भण्डारी रहेको पछि गएर भण्डारी बाट थर परिबर्तन भएको उहाले बताउनु भयो। साकी डडेल्धुरा जिल्ला बाहेक अरु कुनै ठाउमा न भएको उहाले बताउनु भयो। सरकारले हरेकको जातको बारेमा प्रस्ट पार्दा पार्दै पनि फेरी उही कुरा गरेर सधै हैरान गरेको उहा बताउनु हुन्छ ।

आफ्नो सम्बन्ध बिच्छेद बारे आफु संग सम्बन्ध मा आएको मान्छे कोहि छ भने त्यो बिचमा अर्खो मान्छे भन्ने नै नहुने उहाले बताउनु भयो। आफ्नो जिन्दगीमा त्यस्तो बज्रपात परिसके पछि आफु नै केहि गरेर अगाडी बढ्ने उहाले बताउनु भएको हो।

dashain shuvakamana
Discovery School

सामाजिक सञ्जालका विभिन्न ‘प्लेटफर्म’ मध्ये टिकटक अत्यन्त लोकप्रिय छ । टिकटकमा चाँडोभन्दा चाँडो स्थापित हुन कतिपयले भड्किला पहिरन, नवशृङ्गार वा अभिनय गरेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै आएका छन् तर अन्यभन्दा पृथक् रूपमा टिकटकमा प्रस्तुत भएर पवित्रा साकी अर्थात् मिस पबीले दुई चार लाख होइन करिब दस लाख सर्वसाधार मन जितिसक्नुभएको छ, त्यो पनि एक वर्षको बिचमा ।

सामान्य हिसाबमा प्रस्तुत भएर पनि सबैको ध्यान तान्न सकिन्छ भन्ने ‘रोलमोडल’ नै बन्नुभएको छ उहाँ यतिबेला । सुदूरपश्चिमको डडेलधुराकी पबीले आफ्नै गाउँठाउँको स्थानीय भाषा, बोली र लवजलाई टिकटकमा प्रस्तुत गरिरहँदा अहिलेसम्म नौ लाख ८१ हजार फलोअर्सले पछ्याइरहेका छन् । करिब छ करोडले उहाँको टिकटकलाई ‘लाइक’ गरेका छन् । नेपालमा मात्र होइन विदेशमा पनि उहाँलाई पछ्याउनेको कुनै कमी छैन । उहाँका करिब आधा फलोअर्स बङ्गलादेशका मात्र छन्, यसै गरी भुटान र भारतमा पनि उहाँलाई पछ्याउनेको जमात बढ्दो छ ।

केवल २३ वर्षको उमेरमा प्रसिद्धिको स्वाद चाख्नुभएकी पबी डडेलधुरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । घरकी जेठी छोरी पबीको पहिलो चाहना सेफ बन्ने थियो तर सोचेजस्तो कहाँ हुन्छ र । उहाँ फेसन डिजाइनसम्बन्धी कोर्स गर्न केही समयका लागि भारतको नयाँ दिल्ली पनि पुग्नुभयो ।

आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उहाँ बताउनुहुन्छ । “सायद मैले आफ्नै भाषा नबोलेको भए यति चर्चा हुँदैनथ्यो र कसैले पनि चिन्दैनथे होला,” मिस पबीले भन्नुभयो । “मलाई मेरै भाषाले चिनायो । त्यसैले डोट्याली भाषाप्रति गर्व छ ।” सुरु सुरुमा अरूका गीतमा लिप्सिङ गरेर बनाउने गर्थें । यत्तिकै हिँडेर गीत हालेर बनाउने गर्थें तर पछि पछि खुलेर बोल्न थालेपछि फलोअर्स एकदमै बढेको उहाँको भनाइ थियो । मैले पहिला यत्तिकै टिकटक बनाउँदा तीसदेखि चालिस हजार फलोअर्स हुने गर्नुहुन्थ्यो तर अहिले बढेर एकैदिन तीनदेखि चार लाखसम्म भयो ।

उहाँले गत आमनिर्वाचनमा डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालको पक्षमा प्रचार गर्दै टिकटक बनाउनुभएको थियो, जसले उहाँलाई थप चर्चामा ल्यायो । सो स्मरण गर्दै भन्नुहुन्छ, “धेरैको अनुरोधलाई टार्न नसकेर मैले उहाँको भिडियो बनाएकी हुँ ।” भिडियो बन्नुभन्दाअघि ढकालसँग उहाँको भेट भएको थिएन । उहाँहरूको भेट चुनावको एक दिन अगाडि भएको थियो ।खबर कुञ्जबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार