काठमाडौ : बंगलादेशमा सरकारले आन्दोलन काबुबाहिर जान थालेपछि देशव्यापी कर्फ्यु लगाएको छ। आरक्षणबिरोधी आन्दोलन क्रममा हिंसा भड्किएपछि कर्फ्यु लगाइएको हो।
आरक्षण बिरोधी आन्दोलनमा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ। बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानी परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षण छ । जसको बिरोधमा युवा र विद्यार्थीले आन्दोलन गरेका हुन्।
आन्दोलनपछि तीन दिनदेखि नेपाली विद्यार्थीहरुले बंगलादेश छाडेका छन्। बंगलादेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत करिब ४०० जना नेपाली विद्यार्थी अन्तराष्ट्र्रिय विमानस्थल तथा भारतको सीमा हुँदै नेपाल आइपुगेका छन्।
केही विद्यार्थीहरु अझै त्यही रहेको बुझिएको छ। जो नेपाल फर्किन खोजेपनि कर्फ्युका कारण रोकिएका छन्।
प्रतिक्रिया दिनुहोस्