सन् २०२५ सम्म बिजुली उत्पादनमा नवीकरणीय स्रोतको प्रयोग कोइलाको भन्दा बढी

काठमाडौं : विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित बिजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित विजुलीको मात्रालाई उछिन्ने अनुमान रहेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)ले उल्लेख गरेको छ ।

यो वर्ष र अगामी वर्ष बिजुलीको उत्पादन चार प्रतिशतले वृद्धि हुने देखिएपछि आईईएले अनुमान गरेको हो ।

Dengue

“बिजुलीको बढ्दो मागले हाम्रो अर्थतन्त्रमा यसको भूमिका साथै गम्भीर गर्मीको प्रभावलाई प्रतिबिम्बित गर्दछ,” आइइएका ऊर्जा बजार र सुरक्षा निर्देशक केइसुके सदामोरीले भने ।

जलविद्युत्, सौर्य, हावा र अन्य नवीकरणीय स्रोतबाट आगामी वर्ष विश्वव्यापी आपूर्तिको ३५ प्रतिशत विजुली उत्पादन गर्ने अनुमान गरिएको छ । सन् २०२५ मा सौर्य ऊर्जाले मात्रै विश्वव्यापी मागको आधा बिजुली आपूर्ति गर्ने तयारी गरिएको छ भने हावाबाट थप २५ प्रतिशत बिजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

चीन र भारतमा भने बिजुलीको प्रयोग बढ्दै गएको तर, कोइलाको प्रयोग घट्ने अपेक्षा नभएको आईईएले जनाएको छ ।

भारतमा बढ्दो गर्मीको लहरले यस वर्ष देशमा बिजुलीको माग आठ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । चीनमा छ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । युरोपको माग १.७ प्रतिशतले बढेको छ ।

संयुक्त राज्य अमेरिकामा गत वर्षको तुलनामा विद्युत्‌को माग तीन प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।

“बिजुली मिश्रणमा स्वच्छ ऊर्जाको हिस्सा बढ्दै जानु उत्साहजनक छ, तर अन्तर्राष्ट्रिय ऊर्जा र जलवायु लक्ष्यहरू पूरा गर्न यसको छिटो वृद्धि हुन आवश्यक छ,” सदामोरीले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार