बङ्गलादेशमा भड्कियो हिंसा, मर्नेको सङ्ख्या २५ पुग्यो !

एजेन्सी : बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी देशव्यापी आन्दोलनमा अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् । 

आन्दोलन र हिंसा निरन्तर बढ्दै गइरहेको छ । धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरी बलबिच हिंसात्मक झडप भइरहेको छ । देशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ । आन्दोलनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।

Dengue

विगत केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन् । सन् १९७१ मा बङ्गलादेश पाकिस्तानबाट छुट्टिएको थियो । स्वतन्त्रताको युद्ध लडेकाहरूलाई यहाँ मुक्ति योद्धा भनिन्छ । 

देशमा सरकारी जागिरको एक तिहाइ यिनै मुक्ति योद्धाका छोराछोरीका लागि आरक्षित गरिएको छ । विगत केही दिनदेखि विद्यार्थीहरूले यसको विरोधमा र्याली निकाल्दै आएका छन् । यो आरक्षण प्रणाली भेदभावपूर्ण भएको भन्दै यसको ठाउँमा योग्यताका आधारमा जागिर दिनुपर्ने विद्यार्थीहरूले बताइरहेका छन् ।

शेख हसिनाको सम्बोधनपछि थप हिंसा भड्कियो

प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । सबैको आँखा उनीमाथि नै थियो । उनले के भन्छिन् ? अहिलेको परिस्थितिमा सरकारले कुन बाटोमा अगाडि बढ्छन् भनेर उत्सुकतामा जनताहरू पर्खिरहेका थिए । आरक्षण विरोधी आन्दोलनकारीहरूले प्रधानमन्त्रीको भाषणमा कस्तो प्रतिक्रिया दिने भन्नेमा कौतुहलता थियो ।

प्रदर्शनकारीले प्रधानमन्त्रीको सम्बोधन अस्वीकार गर्न ढिलाइ गरेनन् । भाषणलगत्तै आरक्षण विरोधी आन्दोलनकारीहरूले पूर्ण बन्दको आह्वान गरे । रातिदेखि नै देशका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन सुरु भयो ।

एकातिर आरक्षणको विरोध गर्नेहरू सडकमा उत्रिएका छन् भने अर्कोतर्फ सत्तारुढ दलका विभिन्न सङ्घसंस्था पनि सडकमै आए । त्यसपछि राजधानी ढाकासहित विभिन्न क्षेत्रबाट मृत्युको खबर आउन थाल्यो । अहिलेको अवस्था हेर्दा बुधबार राति प्रधानमन्त्रीको सम्बोधनपछि विवाद झनै बढेको देखिन्छ । अहिलेसम्म विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या २५ पुगेको छ ।

प्रधानमन्त्री शेख हसिनाले धैर्य गर्न आग्रह गर्दै प्रदर्शनकारीहरूलाई अदालतमार्फत न्याय पाइने आश्वासन दिएकी थिइन् । उनले जनतालाई न्यायिक प्रक्रियामा विश्वास गर्न आग्रह गरेकी थिइन् । ‘अहिलेको अवस्थामा आफ्नो शासनको समर्थनमा सरकार प्रमुखले जस्तो दिन सक्थ्यो हसिनाले ठ्याक्कै त्यस्तै स्पष्टीकरण दिएकी छिन् । मुख्य समस्या यही हो कि उनले केही पनि भनिन् ।’ राजनीतिक पर्यवेक्षक मोहिउद्दीन अहमदले भनेका छन् ।

सरकारले शैक्षिक संस्था बन्द गरेको छ भने विश्वविद्यालयका आवासीय छात्रावास खाली गरिदिएको छ । तर यति गर्दा पनि आन्दोलनको चित्र यथार्थमा बदलिएको छैन । प्रधानमन्त्रीको भाषणबाट आफूले अपेक्षा गरेको कुरा प्राप्त हुन नसक्ने आरक्षण विरोधीहरूले बताइरहेका छन् । बिहीबार बिहानैदेखि ढाकाका विभिन्न क्षेत्रमा आरक्षण विरोधी प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार