हार्दिकलाई उछिन्दै सूर्यकुमार बन्नसक्छन् टी-२० कप्तान, जान्नौं तीन कारण

काठमाडौं : आक्रामक ब्याट्सम्यान सूर्यकुमार यादव सन् २०२६ को विश्वकपसम्म भारतको टी-२० कप्तान बन्ने दौडमा ब्ल्याक हर्सको रूपमा उभिएका छन् ।

उनले शीर्ष दाबेदार हार्दिक पाण्डेयलाई उछिन्न सक्छन्, जसलाई अहिलेसम्म उपकप्तानबाट कप्तान बनाइनु स्वाभाविक विकल्प मानिन्थ्यो ।

Dengue

हार्दिकले यसै महिना श्रीलंकाविरूद्धको सबैभन्दा छोटो ढाँचाको खेलका लागि आफूलाई उपलब्ध गराएको थियो तर, सूर्यकुमारको बारेमा ठूलो घोषणा हुन सक्ने बताइएको छ ।

यस्तो अवस्थामा हार्दिकको स्थानमा सूर्यकुमारलाई भारतको अर्को टी-२० कप्तान घोषणा गर्न सकिने तीन कारणहरू पत्ता लगाउने प्रयास गरौं-

हार्दिकको फिटनेस
गत वर्ष अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा भएको ५० ओभरको विश्वकपमा हार्दिकको घुँडामा चोट लागेको थियो र उनी सन् २०२४ को आईपीएल सुरू नभएसम्म मैदान बाहिर थिए ।

सन् २०२४ को आईपीएलमा मुम्बईको कप्तानी पाएपछि उनी मैदानमा फर्किए तर, भारतका लागि टी–२० ढाँचामा मात्र सीमित रहे । यदि हेर्ने हो भने हार्दिकले सन् २०२२ को सुरूदेखि भारतीय टोलीको ७९ टी–२० खेलमध्ये ४६ मा मात्रै भाग लिएका छन् ।

सूर्यको नेतृत्व कौशल
यसैबीच सूर्यकुमारले यसअघि घरेलु मैदानमा मुम्बईको कप्तानी गरिसकेका छन् ।

भर्खरै उनले गत नोभेम्बरमा एकदिवसीय विश्वकप पछि घरेलु टी-२० शृंखलामा अष्ट्रेलियालाई ४१ले हराउन भारतको नेतृत्व गरे, त्यसपछि उनको कप्तानीमा दक्षिण अफ्रिका भ्रमणमा शृंखला ११ को बराबर भयो । यस ढाँचाको प्लेइङ इलेभेनमा छनोट हुने पहिलो नाममध्ये सूर्यकुमार एक हुन् ।

गम्भीरको रोजाइ सूर्यकुमार
जुलाई २७ बाट सुरू हुने भारतको श्रीलंका भ्रमण नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीरका लागि पहिलो लिटमस टेस्ट हुनेछ । राहुल द्रविडको स्थानमा आएका गम्भीरले अर्को टी २० विश्वकपको लागि टोली तयार गर्न चाहन्छन्, जुन भारतले सन् २०२६ मा सह-आयोजक हुने तय गरेको छ ।

सूर्यकुमार यादव कप्तानका लागि गौतम गम्भीर र चयन समितिका अध्यक्ष अजित आगरकरको पहिलो रोजाइ हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू सूर्यकुमारलाई कप्तान बनाउन सहमत भइसकेका छन् ।

सूर्यकुमार गम्भीरको कप्तानीमा आईपीएलमा कोलकाता नाइट राइडर्सको हिस्सा थिए, यसका अलावा आगरकर र यादवको मुम्बई कनेक्सन पनि चर्चित छ ।

कप्तान नियुक्त भने बीबीआईले गर्ने छ । तर, कसलाई गर्ने छ भनी हेर्न बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार