‘चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्’

एजेन्सी : कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको “भूमिगत संसार” मा सयौँ अरू गुफा हुन सक्छन् र यो तीमध्येको एउटा हुन सक्छ।

SHIKHAR COOL TECH

विभिन्न देशहरू अहिले चन्द्रमामा पुग्न र स्थायी रूपमा मानवजातिको उपस्थिति गराइराख्न प्रतिस्पर्धा गर्दै छन्। यद्यपि चन्द्रमामा विकिरण, चरम तापक्रम र अन्तरिक्षको प्रतिकूल मौसमबाट अन्तरिक्षयात्रीहरूलाई जोगाउनुपर्ने ठूलो चुनौती हुन्छ।

अहिले फेला परेको गुफा शिविर बनाउन उपयुक्त स्थल भए जस्तो देखिएको प्रथम ब्रिटिश अन्तरिक्षयात्री हेलन शर्मनले बीबीसी न्यूजलाई बताइन्। मानिसहरू चन्द्रमामा भएका त्यस्ता खाडलमुनि २०-३० वर्षसम्म बस्न सक्ने उनको भनाइ छ।

यद्यपि यो गुफा निकै गहिरो भएकाले अन्तरिक्षयात्रीहरूले तल ओर्लिन र बाहिर निस्किन “जेट प्याक” वा “लिफ्ट” प्रयोग गर्नुपर्ने हुनसक्छ।

इटलीस्थित यूनिभर्सिटी अफ ट्रेन्टोका लोरेन्जो ब्रुजोने र लिओनार्दो कारेरले चट्टान भएको ‘मेअर ट्र्याङ्क्विलिटेटिस’ भनिने क्षेत्रमा रेडार प्रयोग गरेर एउटा खाडलभित्र उक्त गुफा रहेको पत्ता लगाएका हुन्।

पहिला समुद्र रहेको ठानिएको उक्त क्षेत्र पृथ्वीबाट खाली आँखाले नै देखिन्छ। सो क्षेत्रमै सन् १९६९ मा अपोलो ११ यान अवतरण भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार