युरो–२०२४ फाइनल : जसले जिते पनि बन्नेछ कीर्तिमान

काठमाडौं : युरो–२०२४ को फाइनलमा आज दुई युरोपेली ‘जायन्ट’ इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा स्पेन र इंग्ल्यान्ड दुईमध्ये जुन टिमले उपाधि जिते पनि प्रतियोगितामा कीर्तिमान बन्नेछ । स्पेन प्रतियोगिताको कीर्तिमानी चौथो उपाधिको लक्ष्यमा रहँदा इंग्ल्यान्ड पहिलोपटक च्याम्पियन बन्ने दाउमा छ ।

फाइनलसम्मको यात्रा तय गर्दा स्पेनले लगातार ६ खेलमा जित निकाल्दै एक कीर्तिमान बनाइसकेको छ । यसको विपरीत असन्तुलित प्रदर्शन र प्रतियोगिताबाटै बाहिरिने उच्च सम्भावनाका बीच इंग्ल्यान्डले फाइनलसम्मको यात्रा तय गरेको छ ।

Dengue

सन् १९६४, २००८ र २०१२ को युरोसँगै २०१० को विश्वकप विजेता स्पेनमा फाइनलमा असफल हुने डर छैन । उनीहरूमा प्रतियोगिताको सानदार लयलाई कायम राख्दै चौथोपटक युरोपियन च्याम्पियन बन्ने तीव्र आकांक्ष छ ।

स्पेनले समूह चरण पार गर्दा कुनै पनि गोल व्यहोरेको थिएन । प्रतियोगिताको क्वार्टरफाइनलमा घरेलु टिम जर्मनी र सेमिफाइनलमा मुख्य दाबेदार फ्रान्सबाट दबाब पाए पनि स्पेनले हालसम्म तीन गोल मात्र व्यहोरेको छ । यी दुवै खेलमा स्पेन २–१ ले विजयी भएको थियो ।

फ्रान्सविरुद्ध १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकाल्दा स्पेनका एक खेलाडी विश्वभर चर्चित बने । ती हुन्, लामिन यमल । १७ वर्षीय यी किशोर फ्रान्सविरुद्धको उक्त गोलसँगै युरो सेमिफाइनलमा गोल गर्ने प्रतियोगिताको इतिहासमै सबैभन्दा कान्छा खेलाडी बने । उनले यही शनिबार मात्र १७औँ जन्मदिन मनाएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार