‘मेरी बास्सै’मा फर्किंदै सुलेमान, ‘इकु ३’ फिल्म पनि ल्याउँदै

काठमाडौं : अभिनेता सुलेमान शंकर ‘इकु’ टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा फर्कने भएका छन् । १८ वर्षपछि इकुकै रोलमा शृंखलामा फर्कन लागेको उनले जानकारी दिए ।

‘धुर्मुस र माग्ने बुढासँग सुरुमा काम गरें । बीचमा पनि फर्कनुपर्‍यो भनेर अफर आइरहेकै थियो । समय जुरेको थिएन । अब भने नियमितरुपमै काम गर्ने गरी फर्कने निधो भएको छ,’ सुलेमानले अनलाइनखबरसँग भने ।

Dengue

इकुले शनिबारदेखि छायांकन हुने एपिसोड ज्वाइन गर्नेछन् । ‘पहिलेदेखि अहिलेका बच्चालाई सम्झाउने गरी म इकुकै क्यारेक्टरमा देखिनेछु,’ उनले भने । आफूलाई मेरी बास्सैमा फर्कनुपर्‍यो भनेर थुप्रै कल र मेसेज आइरहेको सन्दर्भमा आफू फर्कन लागेको उनले बताए ।

त्यतिबेला केदार घिमिरे र सीताराम कट्टेलले निर्देशन गरेको एपिसोडबाट सुलेमान इकुको रुपमा चर्चित बनेका थिए । त्यतिबेला उनले ५६ औं एपिसोडसम्म काम गरेका थिए । अहिले ‘मेरि बास्सै’को ८६७ औं एपिसोड पुगिसकेको छ । यसअघि उनले ‘हल्का रमाइलो’का केही एपिसोडमा समेत काम गरेका थिए ।

‘मेरी बास्सै’ प्रत्येक मंगलबार बेलुकी ८:५० बजेबाट नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ । इकु यतिबेला विराज भट्टले निर्देशन गरिरहेको फिचर फिल्म ‘१२ गाउँ’मा व्यस्त छन् भने ‘इकु ३’ को पटकथा लेखन गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार