काठमाडौँ : कपिलवस्तुमा ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
शिवराज नगरपालिका- ३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएको छ। घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्