बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु

बर्दिया : बारबर्दिया नगरपालिका–९ कतरनियाका करिब ५० वर्षका एक पुरुषको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय गोपाल थारु सोही पालिका–११ लम्की फाटास्थित भूपेन्द्र राना भाटको घरमा मिटर जडान गर्ने क्रममा विद्युत्‌को पोलमाथि चढ्दा करेन्ट लागेर खसेका थिए ।

पोलबाट खसेर गम्भीर घाइते बनेका थारुको उपचारका क्रममा नगर अस्पताल जयनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जनाए ।

Dengue

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार