भारतको बस दुर्घटनामा १८ जनाको मृत्यु, १९ जना घाईते

काठमाडौँ : भारतको उत्तर प्रदेश राज्यमा पर्ने उन्नाव नजिकै सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु घएको छ । घटनामा १९ जना घाइते भएका छन् ।

आगराबाट लखनऊतर्फ जाँदै गरेको यात्रुवाहक बस दूध बोकेको ट्यांकरसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Dengue

स्थानीय प्रहरीका अनुसार ओभरटेक गरिरहेको बसलाई ट्याङ्करले ठक्कर दिएको थियो ।

समाचार एजेन्सी पीटीआईले स्लीपर बस बिहारको सीतामढीबाट दिल्ली जाँदै थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उन्नावको बांगरमऊ सीएचसीमा उपचारका लागि लगिएको छ । गम्भीर रूपमा घाइते भएका केही यात्रुलाई लखनऊ रिफर गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार